• २०८३ बैशाख १६ गते बुधवार

असार ७ गते सूर्यग्रहण, कुन राशीले हेर्नु हुन्छ ? जान्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं । नेपालबाट असारको ७ गते खण्डग्रास सूर्यग्रहण देखिदै छ । यस ग्रहणलाई कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग,भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँहरुवाट वलय सूर्यग्रहण देख्न सकिन्छ ।

असार सातगते लाग्ने सूर्यग्रहण नेपालबाट विहान १० बजेर ५५ मिनेटबाट सुरु भई अपरान्ह दुइ वजेर २४ मिनेटमा समाप्त हुँदैछ । विहानको बाह्र वजेर ४१ मिनेट जादा सूर्यलाइ करीव ८८ प्रतिशत ढाकेको हुनेछ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव सबैले गर्नेछन् । काठमाडौँबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिने छ ।

धर्मशास्त्रका अनुसार यो सूर्यग्रहण मेष राशी, सिंह राशी, कन्या राशी तथा मकर राशी भएका मानिसले मात्र हेर्न हुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस