• २०८३ कार्तिक २१ गते शुक्रवार

अब त अति भो, कहिले खुल्छ चेत ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

विस्वलाइ एकातिर कोरोना त्रासले सताइराखेको छ भने अर्कोतिर आर्थिक मन्दी ! नेपाल पनि यसबाट अछुतो रहेन । सरकारद्वारा लकडाउन र सीमा नाकाको अथक प्रयासका बाबजुद पनि तराइका केही जिल्लामा भारतबाट बिनामेसै ओहिरो लाग्नेको संख्या दैनिक बढ्दो छ ! जसले गर्दा नेपाली जनसमुदायमा कोरोना त्रास झन झांगिदै गएको छ ।

नेता भारतमुखी, परिवारबाद, पार्टीबादमा प्रेरीत हुनु, कार्यकर्ता नेतामुखी हुनु, समाज अझै पिछडिएको, बुद्दिजिबी प्रस्य : दलका लगौटी भिरेका, पत्रकार जगत शब्दावलीमा अल्झी कलमलाइ कुट्नीतिमा भन्दा झुट्नीतिमा बङ्याउने, खाली कुर्ची बेगर निन्द्रा हराम हुने बानी, पद, पावर, पैसामा बिकि सात पुस्ताको चिन्तन गरि नैतिकता, इमन्दारीता र रास्ट्रप्रतिको बफादारीतामा ह्रास ल्याउनु आदि कारणले हामी हेपिएर र तड्पिएर बस्नुपर्ने बाध्यतामा फंसिएको छ ।

उता WHO ले यो कोरोना भाइरसको संक्रमण कहिलै समाप्त नहुने चेतावनी दिएको छ । यता सरकारलाइ बजेटको चटारो संगसंगै कोरोना त्रास, उध्योग र विभिन्न आयोजना सन्चालन गर्नको लागि अन्योलता, बिदेसबाट आउने नेपालीको ओइरो आदिको ब्यबस्थापनमा हम्मे हम्मे परेको अबस्थामा उता भारतले भने गत हप्ता लिपुलेक र कालापानीमा सडक उद्घाटन गरेको घटनाले अहिले नेपाली समाजमा तरङ उत्पन्न गरेको छ । यति मात्र होइन सुस्ता, टनकपुर बाध, कोशी ब्यारेज, नेपाल भारतको विभिन्न सीमामा जबर्जस्ती मिचेर बनाइएको सडक, नहरको किचलो त छदैछ भने उतातिर तत्कालै पुर्बी सीमानाको पांचथरमा नेपालपट्टिको दसगजा क्षेत्रमा पनि भारतीयहरुले आफ्नै हो भनि नेपाली भुमी आहालस्थित संग्रालय बनाउन लाग्दासमेत एसएसबि ले रोकिदिएको छ । बिगतलाइ नबिर्सने हो भने शाह बंश टिक्यो भारतकै आटमा, राणाहरुको निरंकुश तन्त्र, सात सालको प्रजातन्त्र, १७ सालमा पन्च्यायती ब्यबस्था ल्याउने स्वार्थमा राजा महेन्द्रले कालापानीमा भारतले सेना राख्दासमेत केही बोलेनन र अहिलेको बिबादको ईतिहास पनि त्यहिबाट शुरु भएको हो , त्यस्तै २७ सालमा महेन्द्रले भारतीय सुरक्षा चौकी हटाउदा लामो समयको नाकाबन्दी खेप्नुपर्यो, ३६ सालको जनमत संग्रहमा राजालाइ ढाडस दिनु, ४२ सालको बम कान्ड, ४५ सालको भुकम्पताका चीनबाट हतियार ल्यायएको र राजा बीरेन्द्रको रास्ट्रप्रतिको लगाब देखेर दलहरुलाइ उक्साइ ४६ को प्रजातन्त्र , माओबादी आन्दोलनमा भित्री सांठगांठ, ६२/६३ को आन्दोलनसम्म भारतले विभिन्न बहानामा आफ्नो अनुकुलतामा गोटी चाल्दै आयो र ७२ सालमा संबिधान बन्दा उसको स्वार्थनूरुप नभएर नै एकातिर भुइचालोको त्रास अर्कोतिर नाकाबन्दी । तैपनि दलहरुको एक्यवद्दताले गणतन्त्रात्मक संम्बिधान जारी गरेरै छोडे र फेरि भारतले के निहुं पाउ भन्दै गर्दा कोरोनाको त्रास फैलिइरहेको अबस्थामा लिपुलेक र कालापानीको नेपाली भुभागमा सडक बनाइ उद्घाटन गरेर एकातिर भारत र नेपालको रोटी बेटीको नाता भन्ने चरितार्थलाई उदाङो पारेको छ भने अर्कोतिर बिगतदेखि हाम्रा राजनीर्तिक दलका नेताहरुको स्वार्थी र द्वैध चरित्रको फाइदा उठाउदै नेपालको राजनीतिक पाटो मात्र होइन सामाजिक, आर्थिक, सांस्कृतिक, प्राकृतिक हरेक क्षेत्रमा उसको नेपालप्रतिको हेपाह प्रबृतिको कारणले नेपाल र नेपाली जनताले कहिलै सुखको श्वास फेर्न नपाउने भए ।

बरु अझैपनि हामी एक्काइसौ सताब्दिका मानव जाती त्यसमा पनि बहादुर र वीर गोर्खालीको बिरासत, पुर्खाको बीरता, खरो खुन भएतापनि किन हामी विवस छौ त्यो राक्षस छिमेकिको अगाडि शीर झुकाउन ? कारणहरु हुन : नेता भारतमुखी, परिवारबाद, पार्टीबादमा प्रेरीत हुनु, कार्यकर्ता नेतामुखी हुनु, समाज अझै पिछडिएको, बुद्दिजिबी प्रस्य : दलका लगौटी भिरेका, पत्रकार जगत शब्दावलीमा अल्झी कलमलाइ कुट्नीतिमा भन्दा झुट्नीतिमा बङ्याउने, खाली कुर्ची बेगर निन्द्रा हराम हुने बानी, पद, पावर, पैसामा बिकि सात पुस्ताको चिन्तन गरि नैतिकता, इमन्दारीता र रास्ट्रप्रतिको बफादारीतामा ह्रास ल्याउनु आदि कारणले हामी हेपिएर र तड्पिएर बस्नुपर्ने बाध्यतामा फंसिएको छ । त्यसैले भारतको नेपालप्रतिको यो अतिबादलाइ सबै बर्ग, तह तप्काका नेपालीहरु मिलि पहिला नक्सांकन गरि सीमा बिबाद मिलाएर सीमानामा तार बार लगाउन सकियो भने बङलादेसको जसतै शान्तिको श्वास फेर्न पाइएला अन्यथा भारतको यो हेपाह प्रबृति अति भइ खतीतिर गैसक्यो । समयमा नै सरकार लगायत सबै सचेत हौ , अन्यथा “रात रह्यो अग्राख पलायो” भनेजस्तो लेन्डुपे ताल नहोला भन्न सकिन्न !

Sharing

प्रतिक्रिया दिनुहोस