• २०८३ जेष्ठ २५ गते सोमवार

गाँजा सहित २जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, सिरहा । प्रहरीले लागुऔषध गाँजासहित सिरहाको गोलबजार नगरपालिकास्थित बल्कवाबाट दुई जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका– १० पदमपुरका ६५ वर्षीय लक्ष्मी पासवान र सिरहा नगरपालिका–१२ सारस्वरका ४० वर्षीय मोहम्मद अलाउद्दिन मियाँलाई प्राप्त गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।

पासवानले बोकेको झोला जाँच गर्दा झोलाभित्र लुकाइछिपाइ राखेको ३०० ग्राम गाँजा र शरीर खानतलासी गर्दा मियाँको पाइन्टको गोजीबाट ५० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस