बैशाख ३, काठमाडौं । तारकेश्वर नगरपालिकाले आफ्ना नगरपालिकामा विदेशबाट आएकाहरुकोको र्यापिड डाइग्नेष्टिक टेष्ट सम्पन्न गरेका छ । विदेशबाट आएका १५२ जनाको र्र्यापिड डाइग्नेष्टिक टेस्ट गर्दा सबैमा नेगेटिभ नतिजा देखिएको हो ।

तारकेश्वर नगरपालिकाले ¥यापिड डाइग्नोस्टिक टेस्ट दुई स्थानमा सम्पन्न भएको हो । तारकेश्वर वडा नं. ४, ५, ७, ८, ९, १० र ११ को वडा नं. १० को शहरि स्वास्थ्य केन्द्र र तारकेश्वर वडा नं. १, २, ३ र ६ को धर्मस्थली स्वास्थ्य चौकीमा र्यापिड परिक्षण भएको हो ।
तारकेश्वर नगरपालिका नगर प्रमुख रामेश्वर बोहोराले ¥यापिड परिक्षण स्थलहरुमा निरिक्षण गरेका थिए ।