बैशाख ३, चितवन । चितवनमा र्यापिड डाइग्नेष्टिक टेस्टमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । गुञ्जमान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट ३९ जनाको र्यापिड डाइग्नेष्टिक टेस्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो ।
गुञ्जमान सिंह अस्पतालका अनुसार पोजेटिभ रिपोर्ट आएका मानिस एक महिनाअघि बिदेशबाट आएको हुन ।