• २०८३ जेष्ठ ६ गते बुधवार

आजको मौसम : देशभर आंशिक देखि सामान्य बदली

केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी र असिना सहित वर्षा
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३, काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ भने राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेकोले देशको मध्य र पूर्वका अधिकांश भू(भागमा र पश्विमीका केही भू(भाग पू्र्ण बदली भई थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा भईरहेको छ र बाँकी भू(भागमा आंशिक बदली रहेको छ।

देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी र असिना सहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस