• २०८३ जेष्ठ ८ गते शुक्रवार

थप एक जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार उपचारको क्रममा आइतबार राति ११ः३० बजे पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस