श्रावण ३० , काठमाण्डौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल समक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुले बार्षिक कार्यसम्पादन सम्झौता गर्नुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रबार आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनाल समक्ष उक्त विशेष समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के।सी।, नारायणबाबु थापा र रामशरण पौडेल लगायत बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु मन्दिप श्रेष्ठ, प्रविणकुमार श्रेष्ठ, कृष्णभक्त ब्रम्हचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ई।किशोर प्रधान, राजेन्द्र बस्नेत र रिशचन्द्र अधिकारीले कार्यसम्पादन सम्झौता गर्नुभएको हो । त्यसैअवसरमा सशस्त्र प्रहरी बल, नेपाल आर्थिक प्रशासन महाशाखाका प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेत्रकुमार खत्रीले समेत सशस्त्र प्रहरी महानिरीक्षक खनाल समक्ष कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई जिम्मेवारी प्रति अझै बढि प्रतिवद्ध, कानून कार्यान्वयनमा अझै बढि दृढ तथा पारदर्शी एवं नतिजामा उत्तरदायी बनाउन तोकिएको कार्य समय, पदिय अधिकारको सीमा र जिम्मेवारीसँग आवद्ध गर्दै उक्त सम्झौता गरिएको हो ।कोभिड–१९ महामारीको बिशेष परिस्थितिका कारण काठमाडौं उपत्यका बाहिर रहेका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुसँग भने सूचना प्रविधिको माध्यमबाट सो सम्झौता सम्पन्न गरिएको हो ।कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।