• २०८३ बैशाख १८ गते शुक्रवार

आज कहाँ कति थपिए कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३०,काठमाडौँ। थप ५९४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाका ११९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ९ जना छन् ।

यसैगरी पर्साका ७१ जना, मोरङ ५३, सुनसरी, महोत्तरी र बाराका २४\२४ जना, तनहुँ र बाँकेका २२\२२ जना, सुर्खेतका २१, मकवानपुरका १८ तथा सप्तरी, सर्लाही, चितवन र रुपन्देहीका १४\१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिन्धुलीका ११ जना, झापा र कैलालीका ९\९ जना, सिराहा र अछामका ६र६ जना, रौतहट, बर्दिया र कपिलवस्तुका ५र५ जना, दैखेलका ३ तथा सिन्धुपाल्चोक, नवलपुर र कञ्चनपुरका २र२ जनामा संक्रमण देखिएको छ । उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङका १र१ मा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज २४० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ७७ जना रहेको छ भने मृत्यु हुनेको संख्या ९९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस