जेठ ३२, बाजुरा । बाजुराको हिमालि गाउपालिका ६ मा सोलार सेट बितरण गरीएको छ । गाउपालिकाको वडा नम्बर ६ का १५१ दलित तथा जनजातीका लागी सोलार बितरण गरीएको हो । हिजो देखी सोलार बितरण गरिएको गाउपालिकाले जनाएको छ ।
३ वडामा २७१ परिवारलाई सोलार सहयोग गरिएको गाउपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल्ले बताउनुभएको छ । हिजो गाउपालिकाको वडा नं। १ र ३ मा १२० घरधुरीलार्ई सोलार बितरण गरीएको मा आज गाउपालिकाको वडा नम्बर ६ का १५१ घरधुरीलाई सोलार सहयोग गरिएको हो । गाउपालिकाको केन्द्र धुलाचौरबाट २ दिनको पैदल यात्रा पछि भेटिने उक्त ३ वडाका दलित र जनजातीको लागी सोलार सहयोग गरीएको हो । उक्त तिन वडामा बिद्युतको सम्भावना नभएपछि बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रको सहयोगमा गाउपालिकाको वडा नं। १,३ र ६ का जनजाती र दलितका लागी सोलार सहयोग गरीएको गाउँपालिकाले जनाएको छ । अँध्यारोमा बस्दै आएका २७१ घरधुरीलाई सोलार सहयोग गर्न पाउदा आफु खुसि भएको अध्यक्ष मल्लको भनाई छ । अध्यक्ष मल्लका अनुसार अँध्यारोमा कामकाज गर्दै आएका स्थानीलाई काम काजमा समेत सहज हुने भएको बताए ।
आफु गाउमा बर्षौ देखि अँध्यारोमा बस्दै आएको र गाउपालिकाको पहलमा बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रको सहयोगमा सोलार पाउदा स्थानियले खुसिको महसुस गरेको हिमालि गाउपालिकाका प्रधान मन्त्री रोजगार कार्यक्रमका संयोजक बिर्ख पाण्डेले जानकारी दिनुभएको छ ।