• २०८३ जेष्ठ ५ गते मङ्गलवार

सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना, ५ जना घाइते

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट
जेष्ठ १, बाँके । बाँकेको कोहलपुरबाट सुत्केरी बोकेर राप्तीसोनारी गाउँपालिका तर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट ४ दिने सुत्केरी बोकेर राप्तीसोनारीतर्फ जाँदै गरेको एम्बुलेन्समा दुर्घटना भएकाे हाे ।
एम्बुलेन्समा चालक सहित ४ दिने सुत्केरी, बच्चा र अन्य ३ जना रहेकाे एम्बुलेन्स कोहलपुर नगरपालिका १२ रोहीणी खोलाको पुलबाट खसेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा बच्चा र आमालाई कुनै चोट नलागेपनि अन्य ४ जना घाईते भएका छन । घाईते हुनेहरुमा सुत्केरी महिलाका श्रीमान राप्तीसोनारी गाँउपालिका १ का बिनोद परियार, सासु सिता दमाई, एम्बुलेन्स चालक राप्ती सोनारी गाँउपालिका वडा नं. ४ का गोपाल बुढा र सोही ठाउँका मिनराज खड्का रहेका छन ।
घाइते मध्ये सिता दमाईको टाउको र खुट्टामा चोट लागेको भएपनि अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईते सबैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको कोहलपुर प्रहरी प्रमुख डिएसपी कुल दिप चंन्दले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस