फागुन २, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ४ मा सडक बत्ति जडान कार्य सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका वडा न ४ अन्तर्गत दगुर्ने पानि शेषमति सानोपुल पैयटार कमेरेखोला गेट सानोपुल लोलाङ बोहराटार हुदै गुहेश्वरि नयाँ गणेश ४ न वडाको मुल सडक मा सडक बत्ति राख्ने काम सम्पन्न भएको हो ।

सांसद विकास कोष अन्र्तगत शहरी विकास राज्यमन्त्रि रामविर मानन्धरद्धारा विनियोजित १० लाख रुपैयाको सहयोगमा सडक बत्ति जडान गरिएको हो । वडा अध्यक्ष सहित जनप्रतिनिधीहरुको सकारात्मक भुमिकाका कारण वडामा विकासको गति बढिरहेको भन्दै सडक बत्ति जडान पछि त्यस क्षेत्रमा रातको समयमा आवतजावत गर्न सजिलो हुनुका साथै सुरक्षाका दृष्टिकोणले पनि राम्रो भएको स्थानियहरुको भनाई रहेको छ ।
