कार्तिक २८, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक सम्पन्न भएको हो । बैठकले आगामी मंसिर ३ गते १ बजे पुनः सचिवालयको बैठक वस्ने गरी स्थगीत भएको छ ।
आजको बैठकले कार्यसूची बनाएर अगाडी बढ्ने समेत सहमति गरेको छ । जसमा पार्टीमा उत्पन्न समस्या, समाधानको उपाय तथा पार्टी एकतालाई जोगाई राख्ने विषय महत्वपूर्ण हुने बताइएको छ । त्यस्तै कर्णाली, पर्सालगायतका विवादको साथै कोरोनाले ल्याएको आर्थिक संकट, स्थायी कमिटीको निर्णय कार्यान्वयका विषयमा कार्यसूची राखि छलफल हुने बताइएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन तयार पारेका छन् । सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव सबै सदस्यलाई दिइएको छ । बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको छ ।