• २०८३ बैशाख ५ गते शनिवार

जिउँदै फालिएको अवस्थामा शिशु फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २८, सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिकामा शुक्रबार भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला परेको छ । वडा नम्बर ५ जाँजरस्थित खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शिशु छोरा हुन् । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको लागिको छ ।

स्थानीय बासिन्दाले खबर गरेपछि इलाका प्रहरी कार्यालय बोदे बर्साईनको टोली घट्नास्थलमा पुगी शिशुलाई ल्याएर स्वास्थ्य कार्यालयको जिम्मा लगाएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस