• २०८३ बैशाख ४ गते शुक्रवार

  मकवानपुरमा  बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २८, मकवानपुर । हेटौँडा नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा बस र मालवाहक ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान करिब २ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको ट्रक ठोक्किएर दुर्घटना हुँदा सर्लाही चक्रघट्टाका ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रायको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । प्रहरीले दुवै सवारी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस