कात्तिक २८, काठमाडौं ।
१.यसियन कंक्रिटो प्रा.लि.ले ललितपुर महानगरपालिका को सहकार्यमा निर्माण भएको UN Turning हरिहर भवन देखि NMB Bank सम्मको (९० मिटर) अपाङ्गमैत्री नमुना फुटपाथको हस्तान्तरण कार्यक्रम गर्ने ।
स्थान :- हरिहर भवन,पिल्चोक ।
समय :- ८:०० बजे ।
२.नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने ।
स्थान :- पार्टीको केन्द्रीय कार्यालय वी.पी.स्मृति भवन सानेपा,ललितपुर ।
समय :- १३:०० बजे ।
३.नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने ।
स्थान :- प्रधानमन्त्री निवास,बालुवाटार ।
समय :- १६:०० बजे ।
४.जमिअत उलमाए नेपालले मित्र राष्ट्र चिनमा मुस्लिम काे संस्कृति माथिकाे दमन र मुस्लिम धर्म काे बुर्का नलगाउन दबाव दिएकाे विरुद्धमा चिनियाँ दुतावासमा ज्ञापन पत्र बुझाउने ।
स्थान :- चिनियाँ दुतावास,बालुवाटार ।
समय :- नखुलेको ।
५.वीर अस्पतालमा कार्यरत कर्मचारीहरूले स्वास्थ्यकर्मी लाई काेभिड सामाग्री पूरा गर तथा खाई पाई अाएकाे सुविधा दे भनी पदाधिकारी विरुद्ध पोस्टर,पम्प्लेट टाँस गर्ने ।
स्थान :- वीर हस्पिटल ।
समय :- नखुलेको ।
६.त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले त्रि.वि.ले जारि गरेको अतिरिक्त कक्षा ब्यबस्थापन निर्देशिका २०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएकाले उक्त निर्देशिका खारेजिको माग राखि असोज २४ गते देखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने साथै अनलाइन कक्षा बहिस्कार गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरूमा ।
समय :- नखुलेको ।
७.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।