• २०८३ बैशाख १३ गते आइतवार

स्थानीय माला ओईलाउदै, प्लाष्टिक मालाले बजार पाउदै

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक २८, मुगु । नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिए सँगै हिमाली जिल्ला मुगुमा प्लाष्टिकको मालामा पनि बजारमा नजिकिएका छन् । स्थानीय स्तरमा उत्पादन हुने परम्परागत फूलहरु लोप भने हुदै गएका छन् ।

परम्परागत देखिनै स्थानीय मालाको प्रयोग हुदै आएका मखमलि माला , सुर्यमुखि फुल लगायतका अन्य मालाहरु प्रयोग हुदै आएका थिए । विगतका केही दिन देखि प्लाष्टिक मालाले सदरमुकाम गमगढी बजारमा भित्रिन थालेका छन् । देख्दा राम्रो र किन्दा सस्तो पर्ने भएपछी मुगुमा प्लाष्टिकका मालाहरु भित्रिन थालेका हुन् । मुगुका स्थानीय स्तरमा उत्पादन हुने फुल मालाहरु आज भोलि बजार लगायत आसपासका गाउहरुमा फुल मालाहरु बिक्रि नहुदा उनीहरुको फुल माला बारिमै ओईलाउनै गरेको छायानाथ रारा नगरपालिका वडा नं ५ का स्थानीय महिला हिमाली विश्वकर्माले जानकारी दिईन ।

उनले भनिन स्थानीय स्तरमा पूmलहरु उत्पादन भएपनी स्थानीय उत्पादनका फूलहरु भन्दा बनी बनाउका प्लाष्टिकका माला भित्राउन राम्रो हुने भन्दै पसलेहरुले प्लाष्टिकका मालाहरु भित्राएका हुन् । सदरमुकाम गमगढी बजार लगाएतका स्थानीय हाट बजारमा यस्ता खाले मालाहरु भित्राउन त ठिकै हो तर गाउँगाउँमा पनी प्लाष्टिक मालाहरु भित्¥याउदा स्थानीय स्तरमा उत्पादन भएका पूmलहरु लोप हुदै गएको स्थानीयले बताएका छन् । कतिपयले घरायसी फूलहरु प्रयोग गर्नु राम्रो हुने र मान्यता धेरै हुने भएकाले प्लाष्टिकका मालाहरु किन्न छोडि सकेका छन् । अर्गानिक उत्पादन पुलहरुबाट बनाइएका मालाहरुको महत्व पनी त्यतिकै रहेको नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लले बताए ।

‘नझर्ने, नओइलाउने, नसुक्ने र पुनप्रयोग गर्न सकिने भएकाले कृतिम फूलमाला राम्रो हुन्छ भन्दै नागरिकहरुलाई भ्रममा राखेर आफ्नो ब्यापारका लागि सेवाग्राहीलाई भड्काउने काम व्यवसायीहरुले गरेको उनले बताए । स्थानीय बजारमा प्लाष्टिकका एउटा मालाको मूल्य १० देखि एक सय भन्दा बढि मुल्य हालरे यी मालाहरु बढि बिक्री हुने गरेको ब्यापारीहरुले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस