• २०८३ असार १ गते सोमवार

सरकारले घटायो कोरोना परीक्षण शुल्क

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौँ । सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएको छ । परीक्षण शुल्क दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

मङ्गलबार भएको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले पीसीआर परीक्षणको शुल्क अब बढीमा एक हजार रुपैयाँ मात्र लिन पाइने बताए । सरकारले कोरोना परीक्षणको रकम चौथो पटक घटाएको हो । पहिले पाँच हजार पाँच सय रुपैयाँमा हुने गरेको परीक्षण चार हजार चार सय रुपैयाँमा झारिएको थियो, फेरि त्यसलाई पनि घटाएर दुई हजारमा झारिएको थियो ।

यस्तै प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस