• २०८३ बैशाख ६ गते आइतवार

सुनसान रारा चहलपहल बढ्यो (फोटो फिचर )

रारा पछि मुर्माटप जाऔ
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज २७, मुगु । नेपालको ठुलो कर्णालीप्रदेशको प्रमुखपर्यटकिय स्थल रारामाहिजो आजको समय घुम्नका लागिनिकै उपयुक्त समय मानिन्छ । रारा पुग्य पछि मुर्माटपसम्मपुगेर रारा तालतथा रारादेखि वारिपारिको दृश्यअवलोकनगर्न सकिने भएकाले पनि यो सिजनमारारा भ्रमणका लागिनिकै उपयुक्त समय भएकाले रारा पुग्य पछि अवसेनि रारा नजिकै रहेको मुर्मा टप हिमाल घुम्न नछुटाउने स्थान रहेको छ ।

नेपालकै सबैभन्दा ठूलो तालका रुपमा परिचित रारा तालअथात स्वार्गिय रारा महेन्द्रले नामकरण गरेको महेन्द्र तालले पनिनिचिनिने रारा ताल केही समय कोरोनाले ६ महिना सम्मखाएपनि रारा सुनसानथियो ।हाजो आजबन्दाबन्दी केहीखुकुलो भएपछि रारा घुम्ने मुर्माटप मापुगेर रमाउर्नेहरुको संख्यादिनप्रतिदिन बढी रहेको छ यतिखेर रारामा देश तथाविदेशीपर्यटकहरुको संख्या बढी रहेको हुदा समाईले भईरहेको रारा डाँफे गेष्ट हाउसको सन्चालन पूर्ण देबीवमले बताईन ।

रारा पुग्दैमा सबै मनोरम दृश्य देख्न पाइँदैन त्यसकालागि रारा तालबाट १ घण्टा उकालो चढेरअथात घोडामा रमाउर्नेहरु घाडा बाटमुर्माटपमा जान पर्दछ । राराको मनोरम दृश्यसँगै कान्जिरोवाहिमाल, सिस्ने सैपालहिमाललगायत कर्णालीप्रदेश र सुदुर पश्चिमप्रदेशकामनोरम दृश्यमज्जाले अवलोकनगर्न पनिपाईन्छ ।

राराले एक दिनमा धेरै चोटी रङ फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक,कहिले आकासे जस्तो अनिकहिले खैरो । मौसम दिनको समय अनुसार दिनमै चार पाँच पटक फेरिने रारातालको पानीको रङमामिस्रित देखीन्छ । सिन्जे र कान्जिरोवाहिमालको छाँयानाथको छायाले अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तो देखिन्छ ।

कोरानाको कहरकै बिच रारा घुम्न आएकाआन्तरीकपर्यटक अजबहादुर शाहीपनि यस्तै अनुभव गरेका छन् । ‘रारा पुगेर मात्रै राराको सौन्दर्य थाहानहुने रहेछ, साच्चै स्वर्गको आनन्दलिन रारा तालको दृश्यअवलोकलनकालागिमुर्माटप पुग्नै पर्ने र मुर्माटपमा पुगिसकेपछि हिमाल पहाड,नदी नाला जडिबुटी, बनजङ्गल,बन्यजन्तु, चराचुरुङ्गी हरुको पनिअवलोकान र आनन्दमिल्ले रहेछ’,यही कारण रारा पुग्यकाजुनसुकै पर्यटकहरुले एक पटक अथातसिजनअनुसारको समयमा राराको मुर्मा र चुचेमारा पुग्नै पर्न स्थान रहेको शाहीले बताएका छन ।

पर्यटकहरु रारासम्मको लक्ष्यलिएर मात्रआउने गर्दछन् । रारा आइसकेकापर्यटकहरुले एक पटक रारासँग रमाउन मुमाटर्प जानै पर्ने र राराको चित्रण गर्न यहाँकानागरीकहको अनुरोध छ । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारातालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीनकिलोमिटर मिटर गहिराइ १६७ मिटर रहेको छ ।

यस तालमादुर्लभ असलाजातका माछा, रानीट्राउट, भ्यागुतो लगायतजलचर र ३०० प्रजातिका चरा पाइन्छन् । यस्तै, यस क्षेत्रमा कस्तूरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवा,दुलभ रेड पाण्डा ,लगायतवन्यजन्तु पनिअवलोकनगर्न सकिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस