• २०८३ जेष्ठ २३ गते शनिवार

मुगुमा एक युवकको संकास्पद मृत्यु

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८ मुगु । मुगुमा एक युवकको विहिवार संकास्पद मृत्यु भएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाउका एक युवक वर्ष २१ का रामकृष्ण विष्टको संकाष्पद मृत्यु भएको आफन्तको भनाई रहेको छ ।

परिवार स्रोतका अनुसार जिल्लाको परिश्चमी भेगमा पर्ने खत्याड गाउपालिका वडा नं ५ कुवा गाउको आफ्नो ससुरालि घरमा गएका थिए । गएको २६ गते कुवा गाउको नजिकै एक रुखमा झुण्डीएको अवस्थामा फेला परेको छायानाथ रारा नगरपालिका वडा नं ८ का स्थानीय रतन रावलले बताए । स्थानीय रावलका अनुसार यसरी मृतक विष्टको शब भेटिए पछि मृतकका परिवारले पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा ल्याईएको जनाईएको छ । रावले भने यस भन्दा अगाडी एक हप्ताको लागि मृतक विष्टकी श्रीमतीले सम्बन्ध बिच्छेदको प्रक्रिया राखेकि थिईन तर श्रीमानले गर्न मानेका थिएनन् ।

श्रोतका अनुसार श्रीमतीले प्रत्यक्ष फोन गरेर श्रीमान लाई लिन आउ भनेकि थिईन तर विडम्बना श्रीमती ल्याउन गएका विष्ट भाग्य बस लास लिएर घर फर्किएको मृतक विष्टका भतिजा रतन रावलले बताए । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार यसको विषयमा थप अनुसन्धान भई रहेको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस