भदौ २८ , दाङ । लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब ३ किलोमिटर जंगलमा सडक भाँसिएको छ । सडक भाँसिए पछी दुर्घटनाको जोखिम बढेको छ ।आइतवार विहान ५ बजेको तिर सडकको दायाँ पट्टीको भाग पहिरो बनेर झरेपछी आवात जावातमा केही जाम बढेको छ । करिव २० मिटरको दुरीमा सडक भाँसिदा चिराचिरा परेको छ । अन्य भाग समेत भाँसिने खतरा बढेको स्थानीयहरूले बताएका छन् ।
समयमै सडक मर्मत नहुने हो भने पुरै सडक पहिरोले लैजाने खतरा समेत रहेको स्थानीयले बताएका छन् । सडक डिभिजन कार्यालय दाङ वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पोष्ट लमहीको टोली, जेसिबि सहित पुगेको टोलीले सडक मर्मत गरेपछि एकतर्फी बाटो सुचारु गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।