• २०८३ जेष्ठ २५ गते सोमवार

रुकुम पश्चिमको सानिभेरी गाउँपालिकामा साहित्य संस्था

मनोज डाँगी पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८ ,रुकुम । रुकुम पश्चिमको सानिभेरी गाउँपालिका भित्रका स्थापित साहित्य सर्जक हरु तथा नयाँ सर्जकहरु मिलेर साहित्य संस्था खोलिएको छ । उक्त संस्थाको नाम सानिभेरी साहित्य मन्च रुकुम पश्चिम राखिएको छ ।

संस्था मार्फत बर्ष को एकपटक स्थापित राष्ट्रिय साहित्यकार लाई निमन्त्रणा गरेर भब्य महफिल गर्ने साथै बर्षमा एकपटक राष्ट्रब्यापी साहित्यिक प्रतियोगिता गर्ने मुख्य कार्ययोजना भित्र राखिएको सँस्थाका महासचिव सोनु खड्काले जानकारी दिएका छ्न । उहाँका अनुसार कोरोना संक्रमनको जोखिमका कारण बन्दा बन्दी भएकाले संस्था दर्ता गर्न भने समस्या भएको छ । कोरोना कहर सकिए लगत्तै संस्था दर्ता गर्ने संस्थाका कार्यसमितिको योजना रहेको बताइएको छ ।

उक्त संस्थाको अध्यक्षमा भुपाल रावत,महासचिवमा सोनु खड्का, सचिबमा जनक बुढाथोकी उपाध्यक्षमा रमेश खड्का कोषाध्यक्षमा शुसिला रोकायलाई चयन गरिएको छ । यस्तै दिनेश पुन बरिस्ठ सल्लाहकार रहनु भएको छ भने छबिलाल बिस्ट र मोहन ओलि सल्लाहकारमा रहनु भएको छ । यसैगरी सक्रिय सदस्यमा दिलिप बाबू खड्का शरद डागी चित्रकला चन्द, लक्ष्मण खड्का शेर चंचल रहनु भएको महासचिव खड्काले बताएका छ्न ।

Sharing

प्रतिक्रिया दिनुहोस