भदौ २८ , जाजारकोट । जाजरकोटको भेरी नगरपालिकामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिका ४ शान्तीचौतारा गैरीखोलामामा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका ३ घर भएका ३९ बर्षीय किरण थापा रहेका छन् । जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठका अनुसार जाजरकोटमा मजदुरी गर्ने थापाको घरको छतमा छेड्ने क्रममा खसेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक यम बहादुर मल्लले जानकारी दिएका छ्न ।