• २०८३ बैशाख १० गते बिहिवार

गगन थापाको शिक्षामा खोक्रो आदर्श

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

भाद्र २८ , काठमाडौँ । मुलुकको विकास र समृद्धिको यात्रालाई निर्धारित लक्ष्यमा पुर्याउने महत्वपूर्ण क्षेत्र शिक्षा हो । शिक्षामा रुपान्तरण तथा आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रीकरणलगायतका परिवर्तन नभएसम्म मुलुक समद्ध बन्न सक्दैन । त्यसैले मुलुक परिवर्तनको महत्वपूर्ण पक्ष वा मेरुदण्ड नै शिक्षा हो । शिक्षामा उपलब्ध स्रोत र साधनको व्यवस्थापन अर्को महत्वपूर्ण कुरा हो ।

नेपालमा समय सापेक्ष आधुनिक तथा प्रविधिमैत्री शिक्षाको विकास गरी समानतामूखी शिक्षाको प्रखर वकलातकर्ता मध्येको रुपमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका युवा नेता, पूर्वमन्त्री तथा तथा प्रतिनिधिसभाका सांसद गगन थापालाई लिइन्छ । उनी भन्छन्, ‘शिक्षामा एक रुपता हुनुपर्छ । हुने खाने र हुँदा खानेले लिने शिक्षा समान हुनुपर्छ । धनि र गरिवले पाउने शिक्षाको गुणस्तर समान हुनुपर्छ । शिक्षामा भएको विभेदको खाडल अन्त्य गर्नुपर्छ । सरकारी शिक्षा र नीजि क्षेत्रको शिक्षाको असमानता हटाउनुपर्छ । शिक्षामा समान गुणस्तरियता हुनुपर्छ ।’ उनका यी आदर्शका कुराहरु वा सैद्धान्तिक कुराहरु सर्वमान्य नै छन् । तर त्यसलाई आफुले कतिको व्यवहारमा उतारेको छु भन्ने कुरा महत्वपूर्ण हुन्छ । ‘काम कुरो एकातिर कुम्लो बोकी ‘। तिर’ भने जस्तो आफ्नो दर्शनलाई एकतिर तर व्यवहारलाई अर्कैतिर भएको प्रसस्त उदाहरण बोकी आफ्नो विगतलाई विर्सिएका नेताको रुपमा सांसद थापा रहेका छन् ।

सार्वजनिक ठाउँमा भारषण गर्दा शिक्षा क्षेत्रको निशुल्क कुरा गरी जनमूखी बन्ने भरपुर प्रयास गर्ने सांसद थापाको व्यवहारमा भने एक रती पनि मिल्दैन । बाहिर एउटा कुरा, भित्र भित्र चाँही अर्को कुरा रहेको छ । समाज परिवर्तन गर्नु छ भने सर्वप्रथम आफु परिवर्तन हुनुपर्छ । तव मात्र समाज परिवर्तनको नेतृत्व गर्न सकिन्छ । तर सांसद थापाले शिक्षाको रुपान्तरण गर्ने जुन प्रकारले आवाज बुलन्द गर्ने गरेका छन्, त्यो सर्हानिय छ । तर आफुले वुलन्द रुपमा उठान गरेको रुपान्तरणको कुरा आफुले व्यवहारमा उतारेको छु की छैन भन्ने आफुले ऐनामा हेर्न जरुरी छ ।

समानतामूलक शिक्षाको वकालत गर्ने सांसद थापाले आफ्नो परिवारलाई भने नेपालकै सवैभन्दा महंगो विद्यालयमा पढाउने गरेका छन् । उनले नेपालकै महंगो विद्यालय रातो बंगलामा पढाउने गरेका छन् । जहाँ पैसाको भरमा सुविधासम्पन्न तवरले पढाई हुन्छ । रोतो बंगलामा सामान्य परिवारको मानिसले पढ्न त कुरै नगरौं, प्रवेश गर्न समेत पाउने अवस्था छैन । गरिव परिवारले सरकारी विद्यालयमा अध्ययन गर्ने गर्छन् भने शिक्षा क्षेत्रमा परिवर्तनको वकलात गर्ने सांसद थापा जस्ताले रातो बंगलामा अध्ययन गराउने गरेका छन् । सरकारी कर्मचारीले सरकारी स्कुलमा पढाउनुपर्छ भन्ने गगन थापा उनकै बच्च रातो बंगलामा पठाउनुलाई जनताले कसरी बुझ्न रु यसबाट गरिव जनताले कसरी बुझ्ने, सांसद थापाको शिक्षामा समानता हुनुपर्छ भन्ने वुलन्द आवाजलाई रु

समानताको कुरा गर्ने उनका असमानताको पस्रय गर्नुमात्र हैन उनको शिक्षा क्षेत्रका दलाल र माफियासँग साँठगाँठ रहेको प्रसस्त उदाहरणहरु रहेका छन् । नेपाल विद्यार्थी संघकोे महामन्त्री समेत भइसकेका सांसद थापाले विगतमा शिक्षा क्षेत्रको नेतृत्व गरिरहँदा गरेका भ्रष्टचार, माफियातन्त्र तथा दलालसँगको साँठगाँग पटक पटक विभिन्न मिडियाहरुले समेत समाचार संम्प्रेषण गरिसकेका छन् । त्रिचन्द्र क्याम्पसका सभापति भएको समेमा उनले गरेका भ्रष्टाचार, त्रिभुवन विश्वविद्यालयमा गरेका भ्रष्टाचार, स्वास्थ्यमन्त्री हुँदा औषधी खरिद प्रकृयामा गरेका भ्रष्टाचार, बाख्रा पालनमा अनुदान लिदाँको भ्रष्टाचार, अमेरिकी एजेन्टलगायतका कुराहरुको सप्रमाण प्रस्तुत भएका छन् । विगतदेखी वर्तमानसम्म प्रमाण सुरक्षित रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस