बैशाख ३१, दाङ । राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका ४६ वर्षिय कमानसिंह नेपालीका जेठी छोरी १० वर्षिय प्रमिला नेपालीको खुट्टामा घहिरो घाउ छ । घाउका कारण घुडामुनीको भाग छालाले मात्र अडिएको छ ।

घाउ मात्र हो कि क्यान्सर केही पनि थाहा छैन समयमा उपचार नहुने हो भने उनको अवस्था के होला ? सम्पत्तिको नामको उनको सुकुम्बासी टोलमा लालपुर्जा बिनाको घरबास, ६ जनाको परिवार छ । मजदुरी गरि परिवार पाल्दै छन् उनी ।श्रीमतीलाई विदेश पठाउछु भनि अर्कैले गायव बनायो, छोरीको उपचारमा ६ लाख ऋण छ । यो अवस्थामा उनले छोरीको उपचार गराउन सकिरहेका छैनन् । उनकाे पीडा कसले बुझ्ला ? कसले गरिदेला छोरीकाे उपचार र श्रीमतीकाे खोजी ?
त्यसैले उनको उपचारमा सवै जुटाै । सहयोग गर्न चाहानेले कमानसिंह नेपालीको मो. ९८२२९४३९५३ मा फोन गरेर वा भार्गव विकास बैंक लिमिटेड शाखा कार्यालय लालमटियाको खाता नम्बर ०१००१००००५५४३४०००००१ मा पैसा जम्मा गर्न सक्नु हुने छ ।