• २०८३ बैशाख १२ गते शनिवार

अत्यावश्यक सेवामा खटिएका कर्मचारीहरुको सम्मानमा थबाङ गाउँपलिकाले राष्ट्रिय गीत गाएर तथा ताली बजाएर सम्मान ग¥र्यो

बिमल राज डाँगी पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २१, रोल्पा । नयाँ वर्ष २०७७ सालको अवसरमा चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारीहरुको सम्मानमा थबाङ गाउँपलिकाले राष्ट्रिय गीत गाएर तथा ताली बजाएर सम्मान गरेका छ ।  थबाङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्ती,गाउँपालिकाका स्वास्थ्य संयोजक तुल बहादुर पुन,स्थानीय बुद्धिजिवी रेशम शाह तथा गाउपालिका कर्मचारीहरुको उपस्थितीमा गाउँपालिकाको छतबाट राष्ट्रिय गीत तथा ताली बजाएर सम्मान गरिएको हो ।

संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन गरेर नयाँ वर्षको पहिलो दिन राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्री ओलीले अनुरोध गरे अनुसार थबाङ गाउँपालिकाले पनि यस कार्यक्रम गरेको हो । ग्लोबल कम्प्याक्ट नेपालले नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन गीत गाए पश्चात सबैले एकसाथ ताली बजाउनुपर्ने प्रधानमन्त्रीले आह्वान गर्नु भएको थियो ।  उक्त कार्यक्रममा आफ्नो स्थानबाट सहभागी हुन सवैलाई आह्वान गर्नु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस