• २०८३ भाद्र १५ गते सोमवार

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २७, काठमाडौँ । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख नाघेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १६ लाख २ सय पुगेको छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या भने ७ करोड १३ लाख ९८ हजार ९९९ पुगेको छ । कुल सङ्क्रमितमध्ये ४ करोड ९५ हजार ८५ बढी उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ६ लाख ८१ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने १२ हजार १ सय २३ जनाको मृत्यु भएको छ । त्यस्तै ४ लाख ४५ हजार डिस्चार्ज भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस