• २०८३ बैशाख ९ गते बुधवार

बंगलादेशको राष्ट्रिय महिला फुटबल टिमद्धारा प्रशिक्षण सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, एजेन्सी । बंगलादेशले राष्ट्रिय महिला फुटबल टिमले प्रशिक्षण सुरु गरेको छ । कोरोना महामारीका बीच बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले उमेर समूह र राष्ट्रिय महिला टिमको प्रशिक्षण सुरु गरेको हो ।


अन्तराष्ट्रिय प्रतियागितालाई लक्षित गर्दै बंगलादेश फुटबल महासंघले यू–१७, यू–२० र महिला राष्ट्रिय टिमले आईतबारबाट विर–श्रेष्ठ सहिद सिपोही मुस्ताफा कमल स्टेडियममा प्रशिक्षण सुरु गरेको हो । मुख्य प्रशिक्षक गेलम रब्बानी चेतनले ३३ जनालाई महिला टिममा प्रशिक्षणका लागि बोलाएका छन् ।बंगलादेशले मार्च १३ देखि २१ सम्म एएफसी यू–२० महिला च्याम्पियनसिप छनोट २०२२ र अप्रिल ३ देखि ११ सम्म यू–१७ महिला च्याम्पियनसिप छनोट २०२२ खेल्ने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस