भदौ २७ , रुकुम । रुकुम पश्चिममा नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । जिल्लाका विभिन्न ठाउँमा नेकपाका कार्यकर्ताहरुले देशमा कम्युनिष्टले केहि गर्न नसक्ने भन्दै काँग्रेसमा प्रवेश गर्ने गरेका छन् ।
स्थानीय तह, प्रदेश र केन्द्रमा समेत कम्युनिष्टको दुई तिहाईको सरकार हुँदा समेत नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन नसकेको भन्दै पूर्व माओवादी केन्द्र र एमालेका कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्ने लहर चलेको नेपाली काँग्रेसका रुकुम पश्चिमका सभापति प्रेम प्रकाश अालीले जानकारी दिएका छन ।
यस्तै शुक्रबार रुकुम पश्चिमको आठबिसकोट न.पा.४ ,५, ६ वडाको संयुक्त भेला कार्यक्रम सम्पन्न गरिएको छ । जस्मा पुर्व एमाले र पुर्व माओवादी परित्याग गरि नेपाली काग्रेस पाटिमा ७५जनाले पाटि प्रबेस गरेका छन् !नबप्रबेसिलाई जिल्ला सभापति प्रेम प्रकाश ओलीले स्वागत गर्नुभएको छ ।वर्तमान दुई तिहाईको सरकारको रबैयाबाट आजित भएको भन्दै काँग्रेसको समाजवादको सिद्धान्तलाई आत्मसात गर्ने काँग्रेस प्रवेश गर्ने लहर रुकुम पश्चिममा चलेको सभापति ओलीले जानकारी दिए ।
जनयुद्वको समयमा जनतालाई दिएको आश्वासन दुई तिहाइको सरकार हुँदा कुनै काम गर्न नसकेको, पार्टी र नेताहरु जनताको विकासका लागि भन्दा पनि भ्रष्ट्राचारीलाई संरक्षण गर्न र आर्थिक आम्दानी गर्नमा सक्रिय भएका कारण नेकपाका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको कांग्रेसको बनाइ छ । केही दिन अघि मात्र जिल्लाको चौरजहारि नगरपालिका र बाँफि
कोट गाउँपालिकामा नेकपा निकटका सयौं कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका थिए ।