• २०८३ जेष्ठ १६ गते शनिवार

एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयको कामकाज सुरु

मनोज डाँगी पढ्न लाग्ने समय : २ मिनेट

भदौ २७,रुकुम पुर्व । रुकुम पुर्वबाट एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयले कामकाज सुरु गरेको छ । प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निदेशनालय अन्तर्गत उक्त कार्यालयले गत १६ श्रावनबाट कामकाज सरु गरेको हो ।जिल्ला भित्रका कृषकहरुलाई एकद्धार प्रणालीबाट सेवा दिनेगरी रुकुम पुर्वमा एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयले कामकाज सुरु गरेको कार्यालय प्रमुख अरविन्द मनि त्रिपाठीले जानकारी दिए।अब जिल्लाका कृषकहरुले पशु र कृषि सम्बन्धी सवै सेवाहरु एउटै कार्यालयबाट पाउने छन, त्रिपाठीले भने यसअघि जिल्लामा यस कार्यालय नहुदा सेवा लिनको लागि यहाँका कृषकहरु रोल्पा जानुपर्ने बाध्यता थियो ।अहिले जिल्लामै एकद्धारा प्रणालीबाट सेवा प्रवाह गर्नेगरी एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय स्थापना भएको छ ।जिल्लामा यस कार्यालय स्थापना भएसंगै भेडाबाख्रा मिसन, प्राङगारीक मल मिसन, कृर्षि स्मार्ट, फलफुल ब्लक र विषादी खोप उत्पादन लगाएतका कृषि र पशुपन्छी सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालनको प्रकृयामा रहेको त्रिपाठीले बताए ।प्रदेश नम्बर ५ सरकारले प्रदेशका तिन जिल्लाका किसानहरुलाई एकद्धार प्रणालीबाट कृषि सम्बन्धि सेवा प्रदान गर्नको लागि रुकुम पुर्व सहित प्युठान र बर्दियामा एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय स्थापना गरी कामकाज अगाडी बढाएको छ ।अब जिल्लामै एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयले कामकाज सुरु गरेसंगै जिल्लाका किसानहरु कृषि तथा पशु सम्बन्धि विभिन्न सेवा लिन सहज हुने भन्दै खुसी भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस