भदौ २७, काठमाडौँ । थप १२ सय २ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५३ हजार १ सय २० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार १० हजार १ सय ७६ नमुना परीक्षण गर्दा १२ सय २ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज ८ सय५२१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३७ हजार ५ सय २४ जना रहेको छ ।