• २०८३ कार्तिक ३० गते आइतवार

विदेशमा गर्ने दुःख आफनै भुमिमा गरे विदेश जानु नपर्ने उदाहरण दैलेखका लिला

मानिसहरु अहिले छिटो र सस्तोका लागि तरकारिजन्य बस्तुमा पनि किटनासक औषधि प्रयोग गर्छन् । औषधिले मानिसको शरिरमा कति असर गर्छ भन्ने खासै चासो राख्दैनन्
जितेन्द्र थापा पढ्न लाग्ने समय : २ मिनेट

माघ २९, दैलेख । बिहानको मिर्मिरे घाम र साँझको झिसमिसेसम्म माटो,पानि र विरुवासँग खेलिरहने ठाँटिकाँध गाउँपालिका वडा नं छ, पाँचला भँडाचौरका लिला बहादुर थापा तरकारि खेतिमा जम्दै गएका छन् ।


दैलेखको ठाँटिकाँध गाउँपालिका वडा छ पाँचला स्थित भडाचौर उनको घर, अनि घर नजिकको बारि नै उनका लागि अमेरिका, अष्ट्रेलिया , बनेको छ ।


थापाले गाउँमै तरकारी उत्पादन गरेर बेच्न थालेको छ वर्ष भयो उनि अहिले तरकारीबाट नै मालामाल भएका छन् । तरकारीबाट नै वार्षिक पाँच लाख देखि छ लाख रुपैयाँसम्म आम्दानि गर्ने गरेको उनले बताए ।

२०७१ सालबाट तरकारी व्यवसाय गर्दै आउनुभएका थापा पछिल्लो समय तरकारी खेतिमा जमेसँङसङगै बाख्रापालन ब्याबसायमा पनि उत्तिकै जम्दै गएका छन् । विहानको समयमा तरकारिलाई सुम्सुम्याउछन त दिउँसोको समयमा बाख्रापालनतिर बाख्रासँगै रमाउदै दैनिक प्रयोगमा आउने बाँस निगालाको चोयाको डोका,डाला,भारि,भकारि, बनाउछन् ।
तरकारि खेति मात्रै होइन बाख्रापालन , र फलफुलखेति पनि एकसाथ गरेका छन् । करिब बाह्र पाथि जग्गामा काउलि बन्दा आलु फलाएका छन् । आलु पहिले नै दुइृ क्वीन्टल बजारमा विक्रि गरिसकिएको र फेरि पनि करिब तिस बोरा जति आलु हुने उनले बताए । त्यस्तै काउली पनि बजार लिन योग्य भएको केहि दिनमा बजार लग्ने उन्ले बताए । यो पाँच महिनामा बन्दाबाट दुई लाख र काउलीबाट साढे तिन लाख आम्दानी भएको उनले बताए ।

सिजन र बेसिजनमासमेत तरकारि उत्पादन गर्ने थापाले शुद्ध र अर्गानिक तरकारि उत्पादन गर्छन् । बारिमा फलेको तरकारि र गुणका कारणले लामोसमयसम्म टिकेको उनको भनाई छ ।
थापा एक उदाहरणमात्र हुन ठाँटिकाँध गाउपालिकामा थापाको देखासिकि गरेर अहिले गाउँपालिकाको विभिन्न वडाहरुमा यस्तै तरकारि व्यवसाय गर्ने पर्तिनिधि पात्र थुप्रै रहेका छन् ।

मानिसहरु अहिले छिटो र सस्तोका लागि तरकारिजन्य बस्तुमा पनि किटनासक औषधि प्रयोग गर्छन् । औषधिले मानिसको शरिरमा कति असर गर्छ भन्ने खासै चासो राख्दैनन् । तर थापाले उपभोक्ताको हितमा हुनेगरि उत्पादन गर्दै आएको बताए ।

विदेशमा गर्ने दुःख आफनै भुमिमा गरे विदेश जानु नपर्ने र स्वदेशमै फलाउन सकिने उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस