• २०८३ बैशाख ७ गते सोमवार

तनहुँमा एनसेल टावरमा आगजनी

पढ्न लाग्ने समय : १ मिनेट

  पौष, २७ तनहुँ । तनहुँमा एनसेल टावरमा आगजनी भएको छ । शनिबार राति भिमाद नगरपालिका-५ मिर्छुलुङस्थित एनसेल टावरमा अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।

आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरीले बताए । राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएको थियो । बिहान गएर हेर्दा टावर आगजनी भएको अवस्थामा  भेटिएको हो ।

बिजुलीको मुख्य मिटरबाट लाइन काटेर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ । आगजनीबाट टावरको जेनेरेटर, ब्याट्री, टावरका तारलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ ।

आगजनी कसले र किन गरेको भन्ने विषयमा थाहा नभएको र आगजनी गर्नेको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस