• २०८३ असोज २९ गते बिहिवार

सदरमुकाम गमगढी बजारमा सयुक्त अनुगमन स्थानीय सरकार मौन

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २६, मुगु । हिमाली जिल्ला मुगुमा रहेको सदरमुकाम गमगढी बजारमा सयुक्त रुपमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुगुको नेतृत्वमा गएको सयुंक्त टोलिले उक्त बजारमा अनुगमन गरिएको हो ।

सदरमुकाम गमगढी बजारका दुई दर्जन भन्दा बढी खाद्य समाग्रीहरुको पसलहरुमा गरिएको संयुक्त अनुगमनको क्रममा केही पसलहरुमा म्याद गुज्रिएका विभिन्न खाद्य समाग्रीहरु भेटिएको अनुगमन टोलीले जनाएको छ । उक्त म्याद सकिएका केही समाग्रीहरु नियन्त्रणमा लिएको र केही दर्ता नभएका पसलहरु र मुल्य सूची नराखेको भेटिएकोले उप्रान्त सचेत गराईएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिए ।

अनुगमन टोलीले पसल दर्ता तथा नविकरण, मुल्य सूची ,मुल्य र सामानको म्याद भए नभएको र नाप तौल लगायत विभिन्न विषयहरुको बजार अनुगमनको क्रममा अनुगमन गरेको छ । अनुगमन टोलिमा जिल्ला प्रहरी कार्यालय मुगु , उद्योग बाणिज्य संघ मुगु लगायत अन्य सरकारी कार्यालयका कर्मचारी जिल्ला प्रशासन कार्यालय मुगुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भने एका तिर जिल्लामा रहेका एक नगरपालिका र ३ गाउपालिकाका स्थानीय तहमा अनुगमनको कुनै चासो दिएका छैनन् । बजारमा अनुगमनमा स्थानीय सरकारको दायित्व रहेकाले तर मौन रहेको यहाका व्यापारीले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस