यो हाम्रो मन्दीर भनेपनि बिध्यालय भनेपनि यहि हो । अभिभाबक पनि यही हो । तपाँईहरुले आफ्नो घरलाई पबित्र स्थानलाई फोर्न खोज्नु भएको छ । त्यो राम्रो बिचार होई१परदेशीहरुको एकता नभैकन हामिहरु कसैको भलो हुँदैन बुझ्नु भयो १ भन्दै सेते कुर्लिन्छ । समाजलाई टुक्रा पार्ने योजनामा कयौँ लागेका थिए, उनिहरुले आर्थिक पनि हिना बिना गरेका थिए उनिहरुको नगरमा बसेका साथिहरु बाट निरन्तर उनिहरुले गरेको बद्मासिको रिपोटीङ्ग आईनै रहन्थ्यो । समाजलाई ठुलो नोक्सान पुराउँनेहरुको बिरुद्ध सेतेले त्यो बेला निडर भयर भण्डा फोर्ड गय्रो।उ समाजमा सन १९८१ बाट युवा अबस्थामै कुल १७ बर्षको उमेर देखि लगातार ईमान्दारी पूर्वक संगठनमा लागेर कार्यारत थियो।समाज सेवामा दिन रात निस्वार्थ खटिने पुरानो एउटा समितिको खम्बानै आफुलाई सम्झिन्थ्यो । समिति सँग नसोधेर केहिपनि गर्दैन थ्यो।
केही दिन पहिले एउटा सम्मेलनकै द्वौरान दुई जना समाजका नेताले सेतेको सामु एउटा प्रश्ताब राख्नु भयो।उँहा सम्मेलनमा मुख्य अतिथि हुँनुहुँन्थ्यो।त्यो मञ्चमा उहाहरु सँगै सेते पनि अथितिको रुपमा मञ्चासिन थियो।उँहाले राम्रो बिचार ल्याउँनु भयो।त्यो बिचार थियो९देश भित्र बुटवाल वा गैडाकोटमा एउटा कम्युनिजम कलौनी बनाउँने।जस्मा बाटो,सोपिङसेन्टर,बिजुली जडान समेत गरेर एक जनालाई एक लाख नेरु मा घडेरी मिल्ने हिसाबले पलाटिङ्ग गर्ने।त्यो मात्र आफ्नै जिम्मेवार साथिहरुमा बितरण गर्ने।योजना बताउँनु भयो उँहा हरु दुबैजना पेसेबर हुँनुहुन्थ्यो।त्यो लाहूरेहरुको लागि एउटा सुनौलो मौकाको रुपमा निस्वार्थ सहयोग गर्ने योजना थियो।जस्मा साथिहरु सतप्रतिसत ईमानदार हुनुहुँन्थ्यो।
हजूर एकदमै राम्रो लाग्यो योजना तर यो कम्तिमा संगठन सँग स्विकृत लिनुपर्छ१भन्दै सेते आफुपनि सामिल हुँने बतायो यसरी तिन जनाले यसको पुर्व योजना बनाएर कमिटीमा अनुमोदनको लागि पठाईयो।त्यँहा यहि सल्ला भयको थियो संगठनले अनुमती दिएपछि मात्रै यो काम गर्ने नत्र नगर्ने । तर समितिले त्यो योजना लाई अस्विकृत गय्रो त्यसपछि त्यो योजना गर्वमै त्यतिकै बिलायो।तर जुँन ठाउँमा बसेका नेताहरुले त्यो काम संगठानिक नियमको बिरुद्धमा छ भनेर अस्विकार गराउँन जोड लगाएका थिए उनिहरु आफै पछि त्यो भन्दा पनि गैर संगाठानिक एवम मुनाफा कमाउँने खालको पलाटिङ्ग गर्ने कतै जानकारी नगराई गर्न थालेका रैछन।त्यो पछि उनिहरु फुटेर गएपछि बल्ल जानकारी भयो।
सेते,निमे र बिदुरलाई जस्ले पलाटिङ्गको कुरा गर्नु समेत गलत भयको भन्थे उनिहरु पहिलेई देखि पलाटिङ्ग को खेलमा लागेका रैछन । तिनिहरु समाजबाट निस्केर गए कति पया लाई त्यँहा ठाउँ मिल्यो तर कतिपयलाई भने अनुसारको ठाउँ नमिलेपछि उनिहरु केहि मैनापछि फर्किने योजना भनाए । जस्लाई बडोधुम धाम सँग एउटा भेला रखाएर अबिर लगाएर फुलमाला लगाएर भित्राईयो । देख्नेलाई यस्तो लाग्थ्यो उनिहरु कुनै ठुलो शंघर्ष गरेर विजया प्राप्त गरेर फर्किएका थिए । जेहौश त्यो ब्यबहार सेतेलाई ठिक लागेन ठिक नलागे पछि ठाउँ मा भन्नै पय्रो । सेतेले त्यसको बारेमा माथि लेखेर पठायो यसरी उनिहरु लाई अबिर लगाएर माला लगाएर स्वागत गर्नु समितिले गरेको फैसला ठिक भयन भन्दै लेखित र मौखिक माथिल्ला शाथिहरुलाई भनेपछि त्यो कुरा माथिकै साथिहरुलेुफलानोले यसोभन्छ भनेरूउनै लाई सुनाई दिए।
एकदिन क्षेत्रिय स्तरमा बन्दशत्रमा फोन आयो एउटा नेतालाई । हजूर मलाई मित्र ज्युले फोन गर्नु भयो क्षेत्रमा बस्ने मन गर्नु भयकोछ भन्दै उन्ले राख्ने बिचार गरे।हुँदैन हजूर उन्लाई नगर समिति अन्तरगर्त पहिले प्राथमिक समितिमा राख्ने अनि राम्रो काम गर्दै गयपछि नगरले आफै सिवारीस गर्छ भन्दै सेतेले मित्रलाई अहिले क्षेत्रमा राख्नु ठिक हुँदैन भनेर अडेपछि त्यो बेला राख्दैनन । तर, त्यो कुरा फेरी उस्को कानमा त्यहि नेताले फुक्छ । हामीले त हजूरलाई राख्ने भनेको तर त्यो मुर्खले मान्दै मानेन चिन्ता नगर्नुस हजूरलाई अब केन्द्र मा राख्छौँ भनेर उस्लाई सान्त गरेछन । त्यो कुरा पनि पुष्टी हुँन्छ । केही मैना पछि केन्द्रीय सम्मेलन भयो र उस्लाई केन्द्रमा राखेछन।अब उस्को हिम्मत धेरै बढ्यो उस्ले सेतेलाई अपमान गर्दै उस्को मानसिक रुपमा प्रताडित गर्न सुरु गय्रो।एउटा ईमान्दार संगठनको पिलर बनेर लड्दै आएको जुझारु कार्याक्रता लाई नेताहरुको कम्मजोरीकै कारण अपमान गरियो।उस्लाई सोशल मिडियामा चरित्र हत्या गर्दै ,हाप मैण्ड मान्छे,लेखियो।
केहि भैन म सँग सबै छन संगठनले केहेरेको होलार मेरो साथ अबस्य दिन्छ किनकी म निर्दोशछुँ भन्दै उस्ले न्यायको लागि उक्त ब्याक्तिले गरेको ब्यबहार जस्ताको तस्तै माथि पठायो र उस्ले जुँन ठाउँमा त्यो लेखेको हो त्यँहि ठाउँबाट लिखित रुपमा माफि माग्नु पर्छ र उस्लाई पद बाट झार्नु पर्छ भनेर माग राख्यो । तर, पछि केहि मैना बितेपछि उस्लाई भित्रै माफि मागायौँ भन्दै त्यो ब्याक्तिको पक्षपोषण गरियो।मित्रको प्रमोशन गर्ने काम भयो।चोरलाई चौतारो साधुलाई सुलि भयको देखिनै रहेकाछौँ आँखा हुँनेले अँझै के के देख्न बाँकिछ भन्दै सेते गनगन गर्छ।
संगठनले यस्तो गर्ला भनेर सेते ले अनुमान गर्न पनि सकेको थियन तर पछि सोँच्छ संगठान पनि ता मान्छेले बनाएको हो अक्सर मान्छे बाट गलति त हुँन्छनै भन्दै पुनःनिवेदन गर्दै यो फैसलाको पुर्न मुल्यांकन गरियोस भनेर पठाएको थियो । जस्को प्रतिउत्तर अहिलेपनि लिखितमा केहि जवाफ आएन । केहि बर्ष मात्रै बितेकोछ । सेते लाई अँझैपनि न्यायको उमिद बर्करारछ । जे हौश जिवन शंघर्ष नै हो र प्रतेक पाईला बाट शिक्षा प्राप्तनै हुँन्छ । त्यो अपमानलेपनि धेरै शिक्षा दिएकै छ भन्दै सेते आफैले आफै सँग गुनासो गर्छ र आफ्नो मन आफै बुझाउँछ । कथा काल्पनिक हो यो कसैको निजि जिवन र नाम सँग मिल्न गयमा मा मात्र सञ्जोग हुँनेछ ।