कात्तिक २६, रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टि नेकपाले सरु गरेको आर्थिक समृद्धी तथा सामाजिक रुपान्तर जनभेट घाट अभियान अन्तर गत आज ४-५ नम्वर वडाको सँयुक्त रुपमा ४ नम्वर वडाको चौतारामा यो कार्यक्रम गर्दै अभियान सम्पन्न भएको छ ।
गएको असोज २३ गते देखी नेपाल कम्यनिष्ट पार्टि आठविसकोट नगर कमिटीको आयोजनामा यो अभियान सञ्चालन गरिएको नेपाल कम्युष्टि पार्टि नेकपाका नगर कमिटीका अध्यक्ष हरिप्रशाद शर्माले वताउनु भयो । हरेक जनभेट घाट कार्यक्रममा आठविकोट वासीहरुलाई नेपाल कम्युनिष्ट पार्टि नेकपाका केन्द्रिय सदस्य वसन्त कुमार शर्माले अव प्रत्येक टोल टोलहरुमा १०-१० जनाको समुहमा समिती गठन गर्ने , र सोही समुहलाई विभिन्न ब्यवसायका लागी २ लाख सम्मको ऋण उपलब्ध गराउन मद्धत गर्ने वताउनु भएको छ ।
अव देशमा समृद्धीको क्रान्ति गर्ने नेकपाको लक्ष्य रहेको पनी उहाँले वताउनु भयो । आज सम्म आठविसकोट नगरपालिकाका १३ वटा वडामा यो अभियान सम्पन्न भएको छ । यही कार्यक्रममको दौरानमा नेकपामा प्रवेश गर्नेको सँख्या पनी ठुलै रहेको नगर कमिटी आठविसकोटले जनाएको छ । अवका दिनहरुमा सँस्कार बदलिनु पर्ने प्रत्यक ब्यक्तिहरुका सोचहरु फेरीनु पर्ने , सवै नागरिकहरुले आफै मातृभूमीमा केही गर्नु पर्छ भन्ने सोचे ब्यक्ती सँगसँगै समाज,समाज सँगसँगै देशले केही स्वरुप फेर्ने आठविसकोट नगरपालिकाका नगरप्रमुख गार्ख बहादुर केसीले वताउनु भयो ।
आज गोतामकोटमा भएको नेकपाको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३० जनाले नेपाल कम्युष्टि पार्टि नेकपामा प्रवेश गरेका छन । यो अभियानमा नेपाल कम्युनिष्ट पार्टि नेकपाका केन्द्रिय सदस्य तथा रुकुम पश्चिमका जिल्ला सहइन्चार्ज वसन्त कुमार शर्मा , प्रदेश कमिटी सदस्य तथा आठविसकोट नगरपालिकाका नगरप्रमुख गोर्ख बहादुर केसी , नगर कमिटी अध्यक्ष हरिप्रसाद शर्मा , सचिव रवी केसी लगाएत जिल्ला सचिवालय सदस्य प्रेमा शाही , लगाएत दजनौ कार्यकर्ताहरु जनताको घरदैलोमै गएर जभेटघाट कार्यक्रम गरिरहेका छन ।