• २०८३ बैशाख ११ गते शुक्रवार

सल्यानमा भालुको आक्रमणबाट एक जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, सल्यान । जिल्लाको कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । लक्ष्मीपुर आरचौरका नर बहादुर समाल भालुको आक्रमणबाट घाइते भएका हुन । दिउसो गाई गुवाला गएको समयमा उनलाई भालुले आक्रमण गरेको वडा अध्यक्ष रबिलाल बस्नेतले बताए । भालुले आक्रमण गर्दा समालको हात र शरिरका विभिन्न भागमा चोट लागेको छ ।


भालुको आक्रमणबाट घाइते समालको प्राथमिक स्वास्थ्य चौकीमा उपचार पछि घर फर्किएको अध्यक्ष बस्नेतले बताए । दुई महिना अघि पनि भालुले एक महिलालाई आक्रमण गरी घाइते बनाएको थियो । बाँके राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरबाट कालिमाटीबासीले सास्ती व्यहोर्दै आइरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस