• २०८३ बैशाख २० गते आइतवार

कोरोनबारे झुट्टा अफवाह फैलाएको आरोपमा दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, कास्की । सामाजिक सञ्‍जालमा कोभिड-१९ को पीसीआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले पर्वत मोदी गाउँपालिका ७ घर भइ हाल कास्की पोखरा महानगरपालिका ५ बस्‍ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका ४ घर भइ कास्की पोखरा महानगरपालिका ९ नयाँ बजार बस्‍ने २२ वर्षीय निरज लम्साललाई पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस