• २०८३ बैशाख ११ गते शुक्रवार

पानीमा डुबेर दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, सिरहा। सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर हिजो एकै दिन एक बालकसहित दुई जनाको मृत्यु भएको छ । पानीमा डुबेर स्थानीय १० वर्षीय बालक चन्दन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाको पानीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि स्थानीय क्लिनिकमा ल्याइएको र उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै मिर्चैया नगरपालिका–९ स्थित कमलदहमा डुबेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस