भदौ २६, डोटी । धनगढीबाट अछाम हिडेको जीप डोटीमा दुर्घटना भएको छ । से १ ज १०६६ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल खसेको १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाईतेहरुको उद्धार गरी जिल्ला अस्पताल डोटीमा पठाइदै गरेको प्रहरीले जनाएको छ । भारतबाट फर्किदै गरेका यात्रुहरु सवार जीप दुर्घटनामा भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।