• २०८३ बैशाख ८ गते मङ्गलवार

डोटीमा एकै परिवारका चार जनाको मृत्यु पाँच जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २७,डोटी । गएराति घर भत्किएर डोटीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् ।राति करिब साढे एक बजे भत्किएको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा लुहारकी श्रीमती २६ वर्षीया विष्णा विक, छोरा ९ वर्षीय पारस विक, ४ वर्षीया छोरी सिरु विक र ९ महिनाकी छोरी कटी वकि रहेको इलाका प्रहरी कार्यालय आदर्शका इन्चार्ज प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरले जानकारी दिए ।

पत्थरे पुरानो घर भएका कारण भत्केको हुनसक्ने बुढाऐरले बताए । दुई दिनदेखि लगातार पानी समेत परिरहेको थियो। घर भत्किँदा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक रहेको प्रहरी निरीक्षक बुढाऐरले जानकारी दिए।

Sharing

प्रतिक्रिया दिनुहोस