चैत २९, काठमाडौं । दुध खाने समयसम्म दुध खाने र गाई बुढो भएपछि छाड्न प्रचलन चलिरहेको वर्तमान अवस्थामा केही मान्छेहरु ति बेवारिसे गाई बाच्छा संरक्षणमा लागेका छन भन्दा अचम्म लाग्छ होला । तर काठमाडौंको सडकमा अहिले यस्तो देखिने गरेको छ ।

सहरमा छाडिएका गाई, बाच्छाहरुलाई बेवारिसे मर्न नदिन र शहरलाई सफा राख्न यो अभियान सुरु गरिएको गाई, बाच्छा संरक्षण अभियानका अभियान्ता उत्तम पुडासैनीले खबर 24 नेपाल डटकमलाई बताउनु भयो । शुक्रबार तारकेश्वर नगरपालिकाका सडकमा छाडिएका गाई लिने क्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँका अनुसार असाय गाई बाच्छा संरक्षण अभियान, एसपिसिए नेपाल, पशुपति विकास कोष र भेटेनरी अस्पतालको सम्युक्त पहलमा गाई, बाच्छाहरुको संरक्षण भइराखेको छ ।
असाय गाई बाच्छाहरुलाई व्यवस्थित तरिकाबाट संकलन गरि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पछाडीको जग्गामा संरक्षण गरिएको छ ।