• २०८३ असार १९ गते शुक्रवार

विकासको गतिमा अघि बढ्दै तारकेश्वर नगरपालिका

खिमराज गिरी पढ्न लाग्ने समय : ७ मिनेट

फाल्गुन २८, काठमाण्डौ । काठमाण्डौमा भएका ११ वटा नगरपालिकामध्ये तारकेश्वर नगरपालिका प्राकृतिकरुपले सुन्दर नगरपालिका, हो । काठमाण्डौको उत्तरी भेगमा अवस्थित यो नगरपालिकामा देसका विभिन्न ठाउँबाट आएका मानिसहरुको वसोवास छ ।

 

काठमाण्डौको माछापोखरी वाइपासदेखि गोलढुङ्गा, धर्मस्थली, काभे्रस्थली र फुटुङ्गसँग जोडिएको यो नगरपालिकामा पहिलो प्राथामिकता सडक पिच, खानेपानी तथा ढल निकास, खोलामा करिडोर निर्माण, शिक्षा तथा स्वास्थ्य, महिला हितको लागि विभिन्न कार्यक्रमहरु आदि परेकोले नै हाल वडा, नगरस्तरीय, प्रदेश तथा केन्द्रबाट परेका केहि योजनाहरुको कार्यान्वयन गर्ने सन्दर्भमा प्रायः स्थानहरुमा सडक पिच र यसको स्तरोन्नति गर्ने कामलाई तिव्रता दिइएको छ । यसरी सडक पिच गर्ने सिलसिलामा शेषमतीदेखि गैरीगाउँसम्मको मुख्य सडक पिच भइसकेको छ र त्यहाँबाट जरंखुपुलसम्मको कार्य डिर्माकेसनको कारणले केहि समयपश्चात् अगाडि वढने कुरा यसै नगरपालिका वडा नं.८ का वडाध्यक्ष मनोज घिमिरेले जानकारी दिए । यसको साथै गोलढुङ्गा, काभ्रेस्थली, धर्मस्थली, फुटुङ्गका केहि सडकहरुमा पनि स्तरोन्नति र पिच गर्ने कार्य धमाधम भइराखेको अवस्था छ ।

यस नगरपालिकाले गत माघ २३ गते छैटो नगर सभा सम्पन्न गरेको छ । देसमा भएका स्थानीय तहले वार्षिक दुइपटक नगर परिषदको बैठक राखि उक्त अवधिमा भए गरेका कामको विवरणवारे जनताको सामु ल्याउने प्रावधानअनुरुप यस नगरपालिकाले पनि सो नगर परिषदको बैठक राखि यस आ.व.मा भएका र गरेका कामको प्रगति विवरणवारे आम सर्व साधारण जनतालाई जानकारी गराएको थियो । खास त गणतन्त्र नेपालको पहिलो तीन तहको चुनावमा सर्वप्रथमतः स्थानिय तहको चुनाव भएको थियो र स्थानिय तहमा जनप्रतिनिधि चयन भएपश्चात् पहिलो एक वर्ष आवश्यक कानुन तर्जुमा गर्नको लागि जनप्रतिनिधिहरु जुटेकाले केहि अन्योलताको स्थिति सृजना भयो तैपनि प्रदेस सरकारसँग समन्वय गरी विकासका केहि कार्यहरु अगाडि बढाइराखेको अवस्था थियो तर अहिले देशभरका स्थानिय तहहरुमा ऐन कानुन सम्बन्धमा केहि अन्योलताको अन्त्य भएसँगै विकासको गति अगाडि बढेको पाइन्छ ।

 

विकासको गतिमा अगाडि वढिराखेको अवस्था छ तारकेश्वर नगरपालिकाको पनि । यस नगरपालिकामा विकासको सन्दर्भ केलाउँदा जनताको बढि गुनासो नै सडक, खानेपानी, ढल निकास, शिक्षा, स्वास्थ्य, र रोजगारी नै भएकोले उक्त नगरपालिकाले यी यावत कुराहरुमा जनतासँग समन्वय राखि अगाडि वढिराखेको छ ।

निर्माणधिन अवस्थामा रहेकाे सडक

यसै सन्दर्भमा विभिन्न वडा र नगरस्तरीय योजनाहरु कार्यान्वयन भएका र हुँदै गरेका, स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम, प्रदेश पुर्वाधार साझेदारी विकास कार्यक्रम अनुरुप केहि उपभोक्तामार्फत र केहि कार्य योजनाहरु ठेक्कामार्फत गराउने सम्झौता भएको, वन तथा वातावरण मन्त्रालय, वातावरण विभागबाट शहरी हरित उद्यान विकास कार्यक्रम पनि लागु गरिएको, विभिन्न सडक योजनाको कामहरु सम्पन्न भएको र केहि सम्पन्न हुन बाँकि रहेका, विभिन्न विषयगत शाखाबाट संचालित कार्यक्रमहरुमध्ये कृषि, स्वास्थ्य, पशु सेवा, शिक्षा, महिला तथा बालबालिका शाखाहरुमा विभिन्न चरणमा स्वीकृत भएका कार्यक्रमहरुमा केहि सम्पन्न भएका र केहि कार्यक्रमहरु सम्पन्न हुन बाँकि रहेका, काठमाण्डौ जिल्ला समन्वय समितिको सहयोगमा तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य शुरु गर्न पहल गरिएको, उपभोक्त हित संंरक्षणको कार्यलाई प्रभावकारी वनाउन वजार अनुगमन गर्ने, न्याय व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउने, यस नगरपालिका अन्तर्गत रहेका सहकारीहरुको नियमित अनुगमन, निरीक्षण, नियमनलगाएतका कार्यहरुलाई निरन्तरता दिइने, सार्वजनिक जग्गा र वनको संरक्षणमा जोड दिने र जनताको दैनिक कार्यलाई चुस्त र दुरुस्त राख्नको निमित्त नगरपालिकाका सम्पूर्ण कर्मचारी, जनप्रतिनिधिहरु हरपल प्रयत्नसिल रहने कुराको जानकारी पनि सो नगरपालिकाका मेयर रामेश्वर बोहरालगाएत उपमेयर तथा विभिन्न वडाका जनप्रतिनिधिहरुले दिँदै आएका छन् ।

यसरी यस नगरपालिकाले विभिन्न क्षेत्रसँग आबद्ध रहि विकासको गतिलाई प्राथामिकता दिने क्रममा यहाँको पर्यटकीय क्षेत्र, बनजंगल तथा सार्वजनिक जग्गाको संरक्षण, विभिन्न ठाउँहरुमा पार्किङ्गस्थल, खेल मैदान, क्लव, बृद्ध बृद्धाहरुको भवन, धार्मिक महत्वका क्षेत्रहरुको पहिचान गरी यसको संरक्षण र सवद्र्धन गर्ने कार्यलाई प्राथामिकतामा राखि अगाडि वढिरहेको छ । अझ यस नगरपालिकाको सह्रायिन अर्को कार्य गत वर्ष वढाइएको करमा लगभग पच्चीस प्रतिशत घटाएर जनताको मनोभावनालाई बुझेको पाइन्छ ।

यसरी यो नगरपालिकाले विकाससँग सम्बन्धित विविध क्षेत्रमा आफ्नाे पहँुच पु्र्याएपनि अफै केहि कुराहरुमा ध्यान दिन जरुरी देखिन्छ जसले गर्दा देसभरका अन्य नगरपालिकाले पनि यसको अनुसरण गरुनः जस्तै यातायात तथा सडक स्तरोन्नती, यात्रुवाहक वसको लागि नियमित संचालन जसले गर्दा यात्रामा आम यात्रुलाई सहज होस्, र सास्ती नपाउन्, चोरी डकैतिमा ध्यान दिनुपर्ने जरुरी देखिन्छ किनकी एक हप्ता अगाडि मात्र एक जना गइरी गाउँकी महिलाको पचास हजार रुपियाँ एक अपरिचित व्यक्तिले लामवगरको फलामे पुलबाट चढि महादेवको मन्दिर विचमा चोरी गरेको भिडियो फुटेज प्रहरीलाई पुर्याएको छ तर अहिलेसम्म उसको पहिचान गर्न सकिएको छैन, त्यस्तै सवारी साधन चलाउँदा सिमित गतिमा लैजानको लागि सुरक्षाकर्मीसँग समन्वय राखि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने,  खानेपानी, नदी नियन्त्रण र ढल निकासः वढ्दो वस्ती, खोला मिचेर भवन निर्माण गर्ने ।

प्रचलन र शहरीकरणको कारणले गर्दा काठमाणडौ र भक्तपुरका प्राय स्थानहरुमा यसको समस्या नभएको होइन तथापि यस नगरपालिकामा पनि दिनानुदिन खानेपानी तथा ढल निकासमा समस्या वढ्दै गइरहेको र खासगरी लामवगरको महादेव खोलामा वर्षाको वाढी आउँदा खोलाको किनारामा घर भएका मानिसहरुले न रातको निद्रा न दिनको भोक भनि कतिखेर घरभित्र वाढी पस्ने हो भन्ने त्रासले दिन रात विताइरहेका हुन्छन् यसको लागि पहिला गल्ती त खोलाको भाउ नराखी किनारामा घर वनाएर वस्ने घर धनीको नै हो र स्थानिय सरकारको पहलमा खोलाको किनारामा करिडोर वनाउने काम भएतापनि अझ साँघुरोे हुने स्थिति देखिएको छ र यसतर्फ  सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।

त्यस्तै विजुली बत्तिको पोल र जेलिएका केवल र नेटका तारहरुले सडकलाई नै बेरुप बनाएकोले यसतर्फ पन सम्बन्धित निकाएको ध्यान जान जरुरी छ, यसैगरी फोहोर व्यबस्थापनमा पनि केहि असहजता भएको छ, शहरमा वस्ने शिक्षित मानिसहरुको जमात भएतापनि यस नगरपालिकामा वसोवास गर्ने कयौं मानिसहरु फोहोर व्यबस्थापनमा अनभिज्ञ हुनु, सम्बन्धित निकाय समयमा फोहोर लिन नआउ्नु, कुहिने र नकुहिने फोहोरलाई कसरी व्यबस्थापन गर्ने भन्ने सम्बन्धमा सम्बन्धित निकायले दिएको निर्देशनको पालना नगर्नाले पनि हामी फोहोरको डंगुरमा बाध्यतावस रमाएर वसेका छौं ।

जसको लागि सम्बन्धित निकायले समय समयमा फोहोर व्यबस्थापनमा भएको लापरवाहीको जाँच गरी प्रत्येक घर परिवारहरुलाई यस सम्बन्धमा नगरपालिकाद्धारा तालिमको व्यबस्था गर्नुपने जरुरी देखिन्छ । अर्को मुख्य चुनौति भनकेो शान्ति सुरक्षाको हो । समग्ररुपमा अन्य जिल्लाको नाकासँग जोडिएको र मुख्य राजमार्गका आसपासमा होटल र रेष्टुरेण्ट व्यबशायीहरुको बढदो व्यपारिक चापले गर्दा यहाँ विभिन्न किसिमका मानिसहरुको टाढा टाढाबाट पनि जमघट हुने र दिनानुदिन बढ्दै गइरहेको जनघनत्वको कारणले पनि को, कुन र कस्तो व्यक्ति हो भन्ने कुराको पहिचान पनि झट्ट हेर्दा थाह पाउन असहज हुने हुनाले चोरी, डकैति र लुटपाटका घटनाहरु यस नगरपालिका भित्र सामान्यरुपमा भई नै रहन्छन् तसर्थ सुरक्षाकर्मीसँगको सहकार्यतामा ”प्रहरी मेरो साथी” को नारालाई पनि सार्र्थकतामा परिणत गर्नको लागि कयौं पटक प्रहरी र समुदायविचमा सुरक्षा साझेदारी कार्यक्रमहरु विगतमा पनि भएका र अव पनि सुरक्षा निकायसँग समन्वय गरी प्रत्येक टोल सुधार समितिबाट केहि प्रतिनिधिहरु यस कार्यमा खटाई प्रहरीसँगको सहकार्यतामा जोड दिने हो र केहि घटना घट्नासाथ १०० मा कल गरी प्रहरीलाई खवर गर्ने बानी बसाल्ने हो भने काठमाण्डौ उपत्यकामासमेत शान्ति सुरक्षाको चुनौति पनि जटिल हुने थिएन ।

यसरी एकातर्पm काठमाण्डौ नुवाकोट हुँदै रसुवा नाकासम्मको रमाइलो यात्रा तय गर्न सकिने सडक मार्ग पनि यहि तारकेश्र नगरपालिका भित्र स्तरोन्नतितर्पm लम्कदै छ भने अर्कोतिर राष्ट्यि बसपार्कसँग जोडिएको गंगबु वसपार्क पनि नजिक भएको हुँनाले व्यपार व्यबशायको लागि पनि मार्ग प्रशस्त खुला भएको तथ्य कसैमा छिपेको छैन र देसमा भएका अन्य स्थानिय तहहरुले पनि यो नगरपालिकाको जनताप्रतिको चासो, लिने गुनासो र काममा सहजता अप्नाउने बानीको अनुशरण गरुन् ।

यसको साथै सडकमा सकिन्छ भने सि.सि.टि.भि क्यामेरा जडान गर्ने, नगर प्रहरी राख्ने, सार्वजनिक जग्गाको संरक्षण गरी पार्क निर्माण गर्ने, भइरहेको वन सम्पदालाई जोगाइ खालि जग्गामा थप बृक्षारोपणका कार्यक्रमहरु लागु गर्ने, महिला शसक्तिकरणको लागि महिलासँग सम्बन्धित शीपमुलक कार्यक्रमहरुको सृजना गर्ने, कसैलाई दैविक विपत्ति परेको अवस्थामा सहयोगको लागि सामाजिक कोष स्थापना गर्ने त्यसको लागि प्रत्येक घरबाट कम्सेकम थोरै रकम संकलन गर्न सकिने गरी एउटा छुट्टै कोषको स्थापना गर्ने जसले गर्दा दुखको समयमा काम लाग्दछ, यस्तै सडक र खोलाहरु सफा राख्नको लागि बाग्मती नदी सफाई अभियान जस्तै यहाँ भएका खोलाहरुमा पनि सर सफाई अभियानको कार्यक्रम लागू गरीनुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।

तसर्थ समग्रमा भन्नुपर्दा रोजगारीका अवसरहरु निर्माण गर्दै केहि स्तरीय शैक्षिक संस्थाहरु खोल्ने र केहि अस्पत्तालको निर्माण गनुपर्ने टड्कारो आवश्यकता देखिन्छ जसले गर्दा यहाँका बासिन्दाहरु शिक्षा र स्वास्थ्यको लागि बागवजार र शहरको केन्द्रमा नै धाउनु पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना नहोस् ।

Sharing

प्रतिक्रिया दिनुहोस