माघ २८, काठमाडौं । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। यस्तै राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।