पौष २६, काठमाडौ। काठमाडौं तारकेश्वरमा १२ वर्षका बालकले आल्महत्या गरेका छन । इलाम नगरपालिका वडा नं. ६ घर भइ हाल तारकेश्वर नगरपालिका वडा नं ८ बस्दै आएका अंकित वि.कले झुण्डिएर आत्महत्या गरेका हुन ।
पौष २५ गते बेलुका ६ बजे दाजुभाईको सानो झगडा परेपछि आमाले किन झगडा गरेको भनेपश्चात घरबाट निस्कीएका उनलाई आज झुण्डिएको अवस्थामा फेला पारिएको महानगरीय प्रहरी वृत बालाजुका प्रहरी निरिक्षक गम्भिर जंग थापाले बताउनु भयो ।