मंसिर २५, काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरी बहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को बैठकले पाललाई काठमाडौं उपत्यकाको कमाण्ड गर्ने युनिट महानगरीय प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

पाल प्रहरी प्रधान कार्यालयस्थित कार्य एवं अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।
यो पनि पढ्नुहोस
डिआइजी विश्वराज पोखरेल एआइजीमा बढुवा