• २०८३ जेष्ठ २९ गते शुक्रवार

मुगुमा सुपथ मुल्य पसलबाट ४ सय ७० क्वीन्टल चामल विक्रि

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

मंसिर २५ मुगु । हिमाली जिल्ला मुगुमा सञ्चालिन सुपथ मुल्य पसलबाट नेपालीहरुको महान चाड दशै तिहार देखि हाल सम्म ४ सय ७० क्वीन्टल चामल विक्रि भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा संचालन भएको सुपथ मुल्य पसलबाट हाल सम्म ४ सय ७० क्वीन्टल चामल विक्रि भएको खाद्य कम्पनिले जनाएको छ ।

कार्यालयका अनुसार दशैँ तिहार छठ लगायतका चाड पर्वहरुलाई मध्येनजर गर्दै गत असोज २ गत्ते देखी सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट ४ सय ७० क्वीन्टल चामल विक्रि गरिएको खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेड मुगुका सुचना अधिकारी पुस्कर भामले जानकारी दिए । उनका अनुसार पसलबाट सबै भन्दा बढी जिरा मसिना चामल विक्रि भएको उनको भनाई रहेको छ । उक्त पसलबाट हरेक चामलको मूल्यमा प्रति १ केजिमा ५ रुपैँयाको छुटमा विक्रि भैरहेको छ । सुचना अधिकारी भामका अनुसार अरु समयको भन्दा अहिले सुफत मूल्य पसल सञ्चालन गरिएपछी धेरै चामल विक्रि भएको छ ।

सुपथ मुल्य पसलबाट जिल्लाका छायानाथ रारा नगरपालिका र जिल्लाकै पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोगं गाउपालिकाका स्थानीय बासिहरु चाड पर्वलाई लक्षीत गरी गत असोज देखी मंसिर पहिलो साता सम्म सुपथ मूल्य सञ्चालन गरेको भएपनि अहिले यसको अवधी थप गरिएको कार्यालय प्रमुख कर्ण बहादुर रावलले जानकारी दिए । उनका अनुसार सूपथ मूल्य पसलमा एक हजार क्न्विन्टल थप गरेको उनले बताए । एक हजार क्विन्टल चामल मध्ये ३ सय क्न्विटल सुपथ मुल्यको चामल बिक्रि भएको जानकारी दिए । व्यक्तिगत पसलबाट भन्दा सुपथ मुल्य पसलबाट चामल सस्तो मुल्यमा पाएपछी सबै स्थानीय तहका मानिसले खलंगा आउने निहुमा चामल किनेर लगेको बताएको छ ।

कहिले पुग्ने हो डिपो केन्द्र पुलुमा खाद्यान्न ?
कर्णाली प्रदेशको जिल्ला मुगुमा सदियौ देखि हेपिदै आएको भएता पनि हाल सम्म पनि उस्तै अवस्था अझै टरेको छैन । विकासको क्षेत्रमा गतिलो सँग फड्को नमार्नु भौगोलिक विकटताका कारण हाल सम्म पनि मुगु जिल्ला उस्तै रहेको यहाका स्थानीयको कथन रहेको छ । कर्णालीका अन्य जिल्ला भन्दा मुगु जिल्लामा हाल सम्म पनि सडक सञ्जाल सँग नजोडिनुका कारण अझै पनि कतिपय स्थानहरुमा यहाका स्थानीय सास्ती खेप्दै आईरहेका छन् ।

यति मात्र नभई राज्यको र अन्य ठेकेदार सरोकारवाला निकायको समग्र मुगु जिल्लाको लागि विकासमा निर्माणमा नजर नगएको पाईएको छ । यस्तै समस्या मुगु जिल्लाको एक डिपो केन्द्रमा सुल्झिन सकेको छैन । करिब ७ महिना विति सक्दा पनि जिल्लाको मुगुमकार्मारोगं गाउपालिकाको पुलु डिपो केन्द्रमा हाल सम्म पनि खाद्यान्न पुग्न सकेको छैन । उक्त डिपो केन्द्रको ठेक्का पाएको शर्मा ढुवानी सेवाले खाद्यान्न ढुवानी लागि कार्यालयमा कुनै पनि प्रकारको सम्पर्क नगर्दा ७ महिना विति सक्दा पनि पुलु डिपो केन्द्रमा खाद्यान्न पुग्न नसकेको हो ।

खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिडेट मुगुले दिएको जानकारी अनुसार १ हजार ७ सय ५० क्न्विटल खाद्यान्न पुलु डिपो केन्द्रमा पुगाउन नसकेको हो । जसमा कर्णाली प्रदेशको राजधानि सुर्खेत बाट १ हजार र शाखा कार्यालय मुगु बाट ७ सय ५० क्न्विटल खाद्यान्न पुलु डिपोको लागि उठाउनु पर्ने हो तर हाल सम्म पनि कुनै पनि चहल पहल नगरको सुचना अधिकारी पुस्कर भामको भनाई रहेको छ ।
उनका अनुसार मुगु शाखा कार्यालय बाट पटक पटक खाद्यान्न उठाउ भनेर सुर्खेत केन्द्र लाई मौखिक रुपमा जानकारी गराएता पनि कुनै पनि सुनुवाई नभएको उनको तर्क रहेको छ । एकातिर गत चैत ११ गते बाट लकडाउन अर्थात बन्दाबन्दि गरे पश्चात कार्मारोगं गाउपालिकाकाले राहतको लागि चामल खरिद गरेको थियो सो चामल पनि वितरण नगरि एक स्थानमा थन्काएको भाम बताउछन् । उनले भने गाउपालिका बासि अहिले सदरमुकाम गमगढी बजारमा निजि रुपमा सञ्चालन हुदै आएका पसलहरु बाट चर्को मुल्य हालेर उपभाृग गर्न बाध्य भएको भामको भनाई रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस