• २०८३ जेष्ठ २० गते बुधवार

मन्त्री गुरुङ द्वारा  मर्यादित पत्रकारिताको अभियान 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २५, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकारिताको अभियान अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन समारोहमा मन्त्री गुरुङले पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मर्यादित पत्रकारिताको अभियान अगाडि बढाउन आवश्यक रहेको बताए । पत्रकार बन्नको लागि निश्चित योग्यता चाहिने बताउँदै उनले भने, ‘यो पनि जानकारी गराउन चाहान्छु कि सञ्चार कानुनमा म अब मर्यादित पत्रकारिताको बुँदा पनि थप्छु । उनले पछिल्लो समयमा मानिसलाई एकदमै निराश बनाउने खालका नकारात्मक समाचार आउन थालेको र त्यसले मिडियाको विश्वसनीयतामा नै प्रश्न उठेको बताए । उनले भने, ‘कुनै मिडियामा कुनै समाचार आयो भने त्यो मिडिया त फलानो नेताको नजिक हो भन्ने अवस्था सिर्जना भएको छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस