• २०८३ असोज २९ गते बिहिवार

बाइडेनले कोरोना नियन्त्रण टोली बनाउदै भने, सबैले मास्क लगाउनुस्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २५, एजेन्सी । अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले चुनाव जितेपछि कोरोना महामारीसँग जुध्नका लागि कोभिड–१९ टास्क फोर्स गठन गरेका छन् ।

१३ सदस्यीय टास्क फोर्समा तीन सह  अध्यक्ष र एक सदस्य छन्। यस विषयमा बाइडनेले वैज्ञानिक र विशेषज्ञको सल्लाह लिने बताएका छन् । कोरोना महामारी नियन्त्रण गर्नु मेरो प्रशासनको पहिलो प्राथमिकता हो । लगातार बढिरहेको संक्रमण रोक्नु र खोप पत्ता लगाउनु मेरा लागि ठूलो चुनौती हो ।

जो बाइडेनले कोरोना महामारीको दोस्रो लहर आउन बाँकी रहेको भन्दै सबैलाई मास्क लगाउन अपिल पनि गरेका छन् । कोरोना महामारीको घातक दोस्रो लहर आउन बाँकी नै छ । यसकारण हामी सबैले मास्क लगाउने तथा आवश्यक सुरक्षाका सबै उपाय अपनाऔं ।

Sharing

प्रतिक्रिया दिनुहोस