कात्तिक २५, काठमाडौं । नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशपछि उनी आज रिहा भएका हुन् ।त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका सहप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा संलग्न भएको अभियोगमा दिपकलाई प्रहरीले पक्राउ गरेको थियो ।
सो घटना हुँदा उनी कैलालीस्थित घरमा थिए । दशैं मनाउन घर गएका उनलाई घरबाटै पक्राउ गरिएको थियो । घटनामा संलग्नता नदेखिएपछि दिपक ओझालाई जिल्ला अदालतले रिहा गरेको हो । कात्तिक १३ मा उनलाई पक्राउ गरिएकोे थियो ।